
दाङ ,७ वैशाख– दाङमा गाडेको अवस्थामा महिलाको शव फेला पारेको छ ।
घोराही उपमहानगरपालिका–१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिएका छन ।
मृतकका श्रीमान मेघराज केसी भने फरार रहेका छन । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको बताएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।