काठमाण्डु , ८ साउन – चोरी गरेको मुर्ती सहित काठमाण्डु –१५ स्वयम्भू किमडोल बस्ने काभ्रे जिल्ला धुसेनी–६ शिवालय घर भएका २१ बर्षीय दावा लामा र सोही गाविस–५ घर भएका १९ बर्षीय प्रविन लामालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वयम्भू किमडोल हाईटमा रहेको साङ्गे छोयलिङ्ग गुम्बा नजिक आनि हिसेन धेचेनको घरबाट सुनको जस्तो पहेलो जलप लगाएको तारा भगवानको मुर्ती १ थान चोरी भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा निजहरुलाई साउन ७ मा पक्राउ गरी डेरा कोठा तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त मुर्ती फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।