
काठमाण्डु, ६ वैशाख– काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह बालेन विरुद्धको रिटमा बुधवार पनि सुनुवाई भएन ।
सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
सिंहदरबारको फोहोर नउठाउने बालेन्द्रको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । अधिवक्ता श्रेष्ठले महानगरपालिका, मेयर शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि विपक्षी बनाएका छन् ।