नेपालमा थप १०८ जनामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १६:२१ मा प्रकाशित

काठमाण्डु ,६ वैशाख-, पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्यो ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो ।

यस्तै संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।हाल नेपालमा कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us