रास्वपाप्रति घनश्याम भुसालको टिप्पणी: ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेका छन

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १५:३३ मा प्रकाशित

काठमाण्डु ,६ वैशाख- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् ।
आज काठमाण्डुमा भयको पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्टमा मुसल पैदा भएको बताए ।

ओली प्रवृत्तिमा आफूलाई फाइँदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको बताए। उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेबाट सुरु भएको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको बताय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us