बाघको आक्रमणबाट २ जना घाइते

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १३:२६ मा प्रकाशित

 हेटौंडा  , ६ वैशाख– बाघको आक्रमणबाट हेटौंडा २ जना व्यक्ति घाइते भएका छन् । धाइते हुनेमा हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण बर्थिङ रहेका छन ।

आज (बुधबार) बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका उनीहरुलाई बाघले आक्रमण गरेको थियो ।घलानको दाहिने कुम, ढाडको बाँया साईड, छातिमा बाघले टोकेको छ भने बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो चोट लागेको छ ।

घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन ।

उनका अनुसार घाइते घलानको स्वास्थ्य अवस्था मध्यम रहेको छ भने थिङको अवस्था गम्भिर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us