
काठमाण्डु, ६ वैशाख– पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भैरव सामुदायिक वनमा एक व्यक्ति मृत भेटिएका छन ।
रिब्दीकोट गाउँपालिका– ४ ढकाल टोल बस्ने ६३ वर्षका राजकुमार घिमिरे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
मंगलबार दिउँसो दुई बजेदेखि घरबाट बाहिर निस्केका घिमिरे बुधबार मृत अवस्थामा फेला परेका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिएकमा छन ।