
काठमाण्डु, ४ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालय जानकारी दिएको छ ।
स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका पनि मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।