राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाने तयारी

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १८:५१ मा प्रकाशित

काठमाण्डु,३ वैशाख राष्ट्रपति रामचन्द्र पौडेल बेलायतबाट भ्रमण जाने नतयारी गरेका छन । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भउका छन ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराए । राष्ट्रपतिका एकजना सल्लाहकारले भने ‘हाम्रो राजदूतले कुरा गर्नुभयो ।

राष्ट्रपतिजीको बेलायत भ्रमण हुने पक्का भयो । राष्ट्रपति वैशाख २१ मा बेलायत जाने तयारी गरिएको छ । तर, मिति निश्चित भने भैसकेको छैन, । राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने छन्।

राज्याभिषेक आगामी मे ६ तारिख अर्थात् वैशाख २३ गते हुने उनले बताएका छन । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ।

उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन्। राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न विश्वका बिभिन्न देशका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजपरिवारका सदस्य, प्रतिष्ठित व्यक्ति उपस्थित हुने भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us