
काठमाण्डु ,२८ चैत -पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब फेरि सरकारको नेतृत्व कांग्रेसले लिने दाबी गरेका छन् ।
मंगलबार कााठमाण्डुमा भयको पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै उनले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् ।उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे । उनले भनने, ‘आज हाम्रो पार्टी सरकारमा छ ।
भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । तर अझै यो पार्टी एकदमै अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन ।
तापनि भोलि हामी सबै लागेर नेपाली काँग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्यौँ भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ । त्यस कारणले अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ । हुन त अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ ।
गठबन्धन नभई सरकार बन्दै बन्दैन । गठबन्धन सरकारमा हामी सहभागी भएका छौँ । त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्यानएको छ अगाडि बढ्न । यसमा शिक्षक साथीहरूको योगदान हुन नै छ । उहाँहरूले बुझ्नु नै हुनेछ । अझै पनि नेपाली काँग्रेस बलियो हुन जरुरी छ । नेपाली काँग्रेसको ठाउँठाउँमा जो संठगनमा समस्या छ । त्यो समाधान हुन जरुरी छ ।
यसमा शिक्षक संघको ठुलो भूमिका हुनेछ ।’सभापति देउवाले काठमाडौँमा आयोजित त्यस अवसरमा सभापति देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए ।
विगतमा शिक्षकहरूले पार्टीका लागि सहयोग गरे पनि उनीहरूको हितमा धेरै काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।