एमाले अध्यक्ष ओली अस्पताल भर्ना

काठमाण्डु टुडे २०७१ साउन ८ गते ४:५६ मा प्रकाशित

kp oliकाठमाण्डु, ८ साउन –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्य उपचारका लागि सिँगापुर जानुभएका अध्यक्ष ओाली भर्ना हुनुभएको स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।
संक्रमणका कारण उहाँको दायाँ हात सुन्निने क्रम नघटेकाले उपचारका लागि सिंगापुर जानु भएको हो ।

चिकित्सकको सल्लाहअनुसार टाढा बस्दा आउन जान समस्या भएका कारण अस्पतालमै आराम गर्न भनिएको छ ।
स्वास्थ्य परीक्षणबाट प्रतिवेदन आएपछि कति समय अस्पताल बस्नुपर्छ भन्ने कुरा थाहा स्पष्ट हुनेछ । अध्यक्ष ओलीसँगै ओलीकी श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्य पनि सँगै गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us