बलात्कारसम्बन्धी मुद्दामा जाहेरीवालालाई नै एक महिना जेल

काठमाण्डु टुडे २०७१ साउन ८ गते ४:३३ मा प्रकाशित

भक्तपुर, ८ साउन –जिल्ला अदालतल भक्तपुरले बलात्कारसम्बन्धी एक मुद्दामा जाहेरीवालालाई नै जेल सजाय सुनाएको छ ।

अदालतले जाहेरीवाला सुन्तली (नाम परिवर्तन) लाई एक महिना जेल र रु एक हजार जरिवाना गर्ने फैसला सुनाएको हो ।

न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले सुन्तलीलाई झुटो जाहेरी दिएको अभियोगमा सो सजायका साथै थप रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
सुन्तलीले भक्तपुर सूर्यविनायक बस्ने एक बालिकालाई बलात्कार गरेको आरोप लगाउँदै सुनिलकुमार सोनीविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । किटानी जाहेरीपछि प्रहरीले सोनीलाई सो अभियोगमा मुद्दा चलाएको थियो ।

सुन्तलीले अदालतमा बकपत्र गर्ने क्रममा सोनीले बलात्कार गरेको आफूले नदेखेको र बालिकाले पनि नभनेको बयान दिएपछि अदालतले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८ ‘क’ बमोजिम प्रतिवादी सुन्तलीलाई झुटो जाहेरी दिएको अभियोगमा सो सजाय गरेको अदालतका स्रेष्टादार खड्ग अधिकारीले जानकारी दिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us