व्यवस्थापिका संसदको बैठक बस्दै

काठमाण्डु टुडे २०७१ साउन ८ गते ४:२५ मा प्रकाशित

ca houseकाठमाण्डु, ८ साउन –व्यवस्थापिका संसद्को बैठक आज बोलाइएको छ । विनियोजन विधेयकमाथिको छलफलका लागि बैठक बोलाइएको भएपनि योजना आयोगले रातो किताव भाग दुई छपाईमा ढिलाई गरेका कारण एमाले नेता भरतमोहन अधिकारीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तवा र केही विधेयकहरु आजको बैठकमा पेश गर्ने तयारी गरिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले यसअघि नै आजदेखि विभिन्न मन्त्रालयका लागि छुट्टयाइएको बजेटका सन्दर्भमा छलफल गर्ने कार्यसुची तयार गरेको थियो ।
तर रातो किताव भाग दुई छापिएर नआएका कारण एकसाताजति ढिलाई हुने संसद् सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us