
काठमाण्डु,२५ चैत– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन ।
आज (शनिबार) निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वाषिर्क साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
उनले बजेट खर्च गर्नेमा उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा कमजोर भएको पनि बताएका छन । उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताएका छन ।
उनले निर्यात व्यवसाय प्रबर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । उनले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरेका छन ।
उनले नेपालका दुवै छिमेकी देशहरु ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्नु पर्ने आवश्यक भएको बताएका छन ।
उनले निकट भविष्यमा नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रबर्द्धन झनै सहज हुने बताएका छन ।