सहमति समितिमा आजदेखि राज्य पुनर्संरचनाबारे छलफल

काठमाण्डु टुडे २०७१ साउन ८ गते ३:०० मा प्रकाशित

ca houseकाठमाण्डु, ८ साउन – संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा बिहीबारदेखि राज्य पुनर्संरचनाका विषयमा छलफल हुँदैछ ।
बिहीबार विहान समितिको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा राज्य पुनर्संरचना गर्दा बनाइने प्रदेशका नाम, सीमा, आधार, अग्राधिकार लगायतका विषयमा छलफल गर्ने तयारी छ ।
संविधान निर्माणको सबैभन्दा जटिल विषय मानिएको राज्य पुनर्संरचनामा दलहरुबीच सहमति जुट्न बाँकी छ । बिहीबारदेखि विवादित विषयमा सहमति जुटाउने प्रयास हुने समितिका सदस्य लक्ष्मणलाल कर्णले बताए ।

यसअघि समितिले अघिल्लो संविधानसभाको संवैधानिक समितिले गरेका कामको स्वामित्व लिएको थियो भने राज्य पुनर्संरचनाका विवादीत विषयमा समेत एकसरो छलफल गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us