हत्या भएको एघार वर्षपछि अन्तिम संस्कार

काठमाण्डु टुडे २०७१ साउन ८ गते १:५३ मा प्रकाशित

काठमाण्डु, ८ साउन – जनकपुरको गोदारकाण्डमा हत्या गरिएका पाँचजना युवकको मानव अबशेष एघार वर्षपछि सरकारले बुधबार परिवार तथा आफन्तजनलाई बुझाएको छ ।
जनकपुरस्थित मानअधिकार आयोग मध्यमाञ्चल क्षेत्रिय कार्यालयले हत्या गरिएका पाँच युवकको मानव अबशेष परिवारजनलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा एमाओवादीका महासचिव कृष्णबहादुर महरा र रामचन्द्र झा,नेकपा–माओवादीका सचिव देब गुरुङ,नेकपा माओवादीका मातृका यादब,आयोगका पुर्वसदस्यहरु तथा अधिकारकर्मीको उपस्थिती रहेको थियो ।
सरकारले केन्द्रीय प्रतिनिधीको रुपमा उपस्थित हुन प्रमुख जिल्ला अधिकारीलाई खटाएको आयोग मध्यमाञ्चल क्षेत्रिय कार्यालयका प्रमुख बुद्धिनारायण सहनीले बताए ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शबगृहमा चार वर्षदेखि पाँचजना द्वन्द्व पिडितको मानव कंकाल बुधबार नै जनकपुरमा अन्तिम संस्कार गरिएको छ ।

मृतक सञ्जिब कुमार कर्णका भाई राजिव कर्णले माओवादी भनेर आफ्नो दाई र उनका साथीहरुको हत्या गरिए पनि माओवादीकै सरकार रहेको बेला हत्याका आरोपी कुवेर सिंह रानालाई आइजिपी पदमा बढुवा गरिनुले आफुहरुले न्याय पाउने आशामाथि तुसारापात भएको बताए ।
२०६० असोज २१ गते धनुषा प्रहरीद्वारा माओवादी आरोपमा पक्राउ गरिएका सञ्जिब कर्ण,दुर्गेशलाल,जितेन्द्र झा,प्रमोद नारायण मण्डल र शैलेन्द्र यादवलाई गोली हानेर हत्या गरी धनुषाकै तल्लो गोदार ३ स्थित कमला नदीको किनारमा गाडिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us