एसईईमा खटेका एक असईको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत १७ गते १६:३१ मा प्रकाशित

महोत्तरी,१७ चैत– महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ । मूत्यु हुनेमा गौर नगरपालिक–२ का घर भएका हाल बलवा नगरपालिका–१० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेल रहेका छन ।

अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिएका छन ।

बिहान ९२५ बजे मृत्यु भएको हो । पोस्टमार्टम गरी उनको शव परिवारजनको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us