काठमाण्डु, ७ साउन – लामो समयदेखि सडक अस्तव्यस्त भएको भन्दै जनमैत्री अस्पतालदेखि बालाजु बाइपास जाने सडकछेउका बासिन्दाले बिरोध जनाएका छन् ।
बिरोध स्वरुप उनीहरुले सडकमै धान रोपेका छन् । ठेकेदारले समयमै सकडको काम नगर्दा समस्या परेको भन्दै उनीहरुले सडकमा रोपाई गरेर बिरोध जनाएका हुन् ।