अतिक्रमित जग्गाको माग गर्दै सुस्तावासी आन्दोलित

काठमाण्डु टुडे २०७१ साउन ७ गते ४:०८ मा प्रकाशित

sustaकाठमाण्डु, ७ साउन –नवलपरासीका सुस्तावासीले सुस्तामा पटकपटक भारतीय पक्षद्वारा अतिक्रमण हँुदै आएको नेपाली भूमि फिर्ता पाउनुपर्ने माग राखेका छन् ।

सुस्तावासीले आफ्नो जग्गाधनी पुर्जा प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाउँदै सो माग राखेका हुन् । सुस्ता बचाउ तथा पुनस्र्थापना सङ्घर्ष समिति नवलपरासीले दुईबँदे माग राख्दै सुस्तावासीको नाममा रहेको जग्गा सुस्तावासीले पाउनुपर्ने र सो क्षेत्रको संरक्षण हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

विसं २०३५ मा नारायणी नदीमा आएको बाढीबाट सुस्ताक्षेत्र समाहित हुन पुगी स्थानीयवासी घरविहीन हँुदा सरकारले नारायणी नदीपारि सुस्ता–२, ८ र ७ वडामा एक बिघा १० कट्टा क्षेत्रफलमा २५४ घरधुरीलाई बसोबास गराएको थियो ।

त्यसपश्चात् सुस्ताको भूभागमा फर्कंदा त्यो जग्गा भारतीय पक्षबाट अतिक्रमण गरिसकेको अध्यक्ष सङ्घर्ष समितिका अध्यक्ष बुद्धिसागर उपाध्यायले बताए । पटकपटक जग्गाविहीन भएका हामी सुस्तावासी जिल्ला प्रशासन कार्यालय जाँदा कुनै सुनुवाइ नभएको र पुर्जा भए पनि अहिले पुर्र्जाविहीनजस्तो अवस्था रहेको उनले बताए ।
विसं २०२२ देखि भारतका स्थानीय प्रशासन र जमिनदारको सक्रियतामा भारतीय नागरिकले खेत अधिया गर्ने बहानामा सुस्ताभित्र नेपाली भूमि भारतीयद्वारा अतिक्रमण गरेको त्रिवेणी सुस्ताका चिरन्जीवी ढुङ्गानाले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us