प्रधानमन्त्री कोइराला राजनीतिक परामर्शमा

काठमाण्डु टुडे २०७१ साउन ७ गते ३:५३ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, ७ साउन –एक महिनाको उपचार सकेर गएराती स्वदेश फर्किनुभएका प्रधानमन्त्री सुशील कोइरालाले आज विहानैदेखि सामान्य भेटवार्ता थालेका छन् ।
सचिवालय, सल्लाहकार, परिवार र आफन्तसँग विहान भेटवार्ता गर्नुभएको भएपनि राजनीतिक भेटवार्ता भने गरेका छैनन् ।
पार्टीका केही नेता कार्यकर्ता प्रधानमन्त्रीलाई भेटघाट गर्न बालुवाटार पुगेका छन् । असार २ गते उपचारका लागि अमेरिका प्रस्थान गरेका कोइराला गएराती स्वदेश फर्के हुन् ।
प्रधानमन्त्री कोइरालाले आफू पूर्ण रुपले स्वस्थ्य भएको बताएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको अति विशिष्ट कक्षमा पत्रकाहरुसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आफुलाई देशभरी र विदेशबाट स्वास्थ्यलाभका शुभकामनाहरु पठाइएको भन्दै त्यसले नै प्रेरणा मिलेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us