प्रचण्डलाई पार्टीले नै घर दिने भो

काठमाण्डु टुडे २०७१ साउन ७ गते १:५१ मा प्रकाशित

prachandaकाठमाण्डु, ७ साउन – एमाओवादीले अध्यक्षका लागि स्थायी निवास बनाउने भएको छ । अध्यक्ष प्रचण्ड हाल लाजिम्पाटस्थित भाडाको घरमा बस्दै आएका छन् ।

केन्द्रीय नेतालाई ‘सर्वहारा जीवनशैली’ मा उद्धत गराउन बनेको आचारसंहिता प्रस्तावमा अध्यक्षका लागि राजधानीमा स्थायी बसोबासको व्यवस्था मिलाउने उल्लेख छ ।प्रचण्ड सुविधासम्पन्न घरमा बसेको भन्दै पटकपटक आलोचना भएपछि पार्टीले नै उपलब्ध गराउने उपाय खोेजिएको हो ।
‘अध्यक्षको बसोबास स्थायी समाधानका लागि पहल गर्ने र तत्काल बैकल्पिक व्यवस्था गर्ने’ प्रस्तावमा उल्लेख छ । यसअघि शीर्ष नेताहरुका लागि स्थायी बसोबास गर्ने सुझाव केही नेताले केन्द्रीय समितिमा राखे पनि ठोस प्रस्ताव बनेको थिएन ।

नेताहरुमा सर्बहारा जीवनशैली क्षीण हुँदै गएको सन्दर्भमा एमाओावदीले २० बुदें आचारसंहिता तयार गरेको हो । यसबारे आउने स्थायी समिति बैठकमा छलफल गरी कार्यान्वयनमा जाने नेताहरुले बताए । को

षाध्यक्ष हरिबोल गजुरेलले मस्यौदा गरेको आचारसंहिता प्रस्ताव महासचिव कृष्णबहादुर महरा र सचिव वर्षामान पुनले समिक्षा गरी अन्तिम रुपम दिएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us