काठमाण्डु , ६ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयलाई प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा रौतहट भसढेवा–८ स्थित राम प्राथमिक विद्यालयसँग सम्बन्धित तीन जनाविरुद्ध मङगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याममिकी यादव, विद्यालयका प्रधानाध्यापक बाल्मिकीप्रसाद यादव र स्रोत व्यक्ति रामवचनप्रसाद यादवलले २६ लाख ७१ हजार ८१० अनियमितता गरेको जनाएको छ ।
उनीहरूले आर्थिक वर्ष २०६४–६५ देखि ०७०–७१ सम्मको पाठ्यपुस्तक, छात्रवृत्तिलगायतका शीर्षकमा प्राप्त भएको रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।