हत्या गरेर फालिएको अवस्थामा शव फेला

काठमाण्डु टुडे २०७१ साउन ६ गते १२:१६ मा प्रकाशित

सिरहा , ६ साउन – हत्या गरेर फालेको अवस्थामा लहान नगरपालिकास्थित सहकारी डिभिजन कार्यालयको अगाडि मङगलबार एक पुरुषको शव फेला परेको छ ।

शव गन्हाएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर पानीमा रहेको शव बाहिर निकालेको छ । उक्त शव मुस्लिम समुदायका अन्दाजी ४० वर्षीय व्यक्तिको भएपनि नाम र ठेगाना भने नखुलेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

हत्या गरेर फालेको वा आफै मरेको विषयमा अहिले केही भन्न नसकिने प्रहरी निरीक्षक निरौलाले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us