प्रधानमन्त्री प्रचण्डलाई ओलीको च्यालेञ्ज: तपाईं वैशाखभन्दा उता जानुहुन्न

काठमाण्डु टुडे २०७९ चैत ६ गते १७:४२ मा प्रकाशित

काठमाण्डु,६ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुट्ने बेलामा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सम्वाद प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन ।

राष्ट्रपतिको उम्मेदवारी मनोनयन १३ फागुन० अघि प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओलीसँग निकै पटक सम्वाद गरेका थिए । अन्तिम अन्तिमको छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा ओलीले अस्वीकार गरेको प्रचण्डले बताएका छन ।

त्यसक्रममा ओलीले आफूलाई धेरै ठूलो शिक्षासमेत दिएर पठाएको भन्दै प्रचण्डले भने, ‘उहाँले मलाई पटक–पटक तपाईं वैशाखभन्दा उता जानुहुन्न । वैशाखमा राष्ट्रपतिको बायाँ पट्टी लविमा तपाई र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ ।’ प्रचण्ड प्रधानमन्त्रीबाट हट्ने र पूर्वप्रधानमन्त्रीको लहरमा आफूसँगै बस्न आइपुग्ने ओलीको बताएका छन ।

एमाले नेताहरुले पनि सार्वजनिक रुपमै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले सघाउने बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us