आलमलाई सफाई दिने दुई न्यायाधीशमाथि छानबिन सुरु

काठमाण्डु टुडे २०८२ असार ५ गते २१:४६ मा प्रकाशित

काठमाण्डू, ५ असार– कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई ज्यानसम्बन्धी म्ुद्धामा उन्मुक्ति दिने फैसला गरेका उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानिबन सुरु भएको छ ।

बिहीबार बसेको न्यायपरिषद बैठकले जिम्मेवारी मुक्त गर्दै उनीहरुमाथि छानबिन थालेको हो । यो विषयको निरुपण नहुँदासम्म उनीहरुले न्यायाधीशका रुपमा कुनै कामकारबाही गर्न पाउने छै्रैनन् ।

थारु र महर्जनले ०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसनध्यामा रौतहटमा वम विस्फोट र उक्त घटनामा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर हत्या गरेको कसुरमा आलमलाई सफाई दिने फैसला सुनाएको थियो ।

उक्त फैसलाको सामाजिक सञ्जालमार्फत नागरिक स्तरबाट अदालतको चर्को आलोचना भएको थयो ।

घटनामा मारिएका त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायणले त्रुटिपूर्ण फैसला गर्ने न्यायाधीशद्वय उपर कारबाहीको माग गर्दै न्यायपरिषद्मा उजुरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us