
काठमाण्डू, ३ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रु सवार बस बगाएको छ ।
बर्दिया जाँदै गरेको भे१ख ४०८५ नम्बरको बस गएराति ११ बजेतिर बाढीले बगाएको प्रहरीले जनाएको छ । नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी मधु नेपालले बसमा ३८ जना यात्रु सबार रहेको बताए । उनका अनुसार तीन बालबालिकासहित सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।
बाढीले बगाएको बस सडकबाट एक किलोमिटर तल भेटिएको छ । गत पुसमा पुल भाँचिएपछि उक्त सडकमा डाइर्भसन बनाएर यातायात सुचारु गरिएको थियो । वर्षातका कारण पटकपटक डाइभर्सन बगाउँदै आएको छ ।
डाइभसर्न बगाएपछि राजमार्गमा यातायात अवरुद्ध भएको छ ।