ओलीलाई आज सांसदहरुले प्रश्न सोध्ने

काठमाण्डु टुडे २०८२ असार ६ गते ७:३५ मा प्रकाशित

काठमाण्डू, ६ असार– प्रधानमन्त्री केपी ओलीसँग सांसदहरुले प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर गर्नेछन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्दै छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us