प्रहरी प्रशासन मजबुत भए शान्ति र सुशासन : गृहमन्त्री गौतम

काठमाण्डु टुडे २०७१ साउन ६ गते ८:३३ मा प्रकाशित

वीरगन्ज, ६ साउन – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले देशमा जनतालाई सुशासनको अनुभूति दिलाई आर्थिक समृद्धिको आधारशीला खडा गर्ने र विकास निर्माणको कार्यलाई तीव्रता दिने सरकारको मुख्य प्राथमिकताका काम भएको बताएका छन् ।

bamdevगृह मन्त्रालयद्वारा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको मङगलबार उद्घाटन गर्दै उनले भने – यी सबै कार्य सम्पन्न गर्न मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन स्थापना गर्न अपरिहार्य छ र यसका लागि सरकारका सबै अङ्ग समन्वयात्मक रुपमा इमान्दारीका साथ अगाडि बढ्नुपर्दछ ।

गृहमन्त्री गौतमले नेपाली जनताले चाहे अनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी लामो सङ्घर्षपछि प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत र सुदृढ गर्नु नै मुलुकको अहिलेको प्रमुख एजेन्डा भएको बताउ“दै उनले आधुनिक नेपालको समृद्धिको प्रस्थान विन्दु रहेको यस ऐतिहासिक कार्यका लागि वर्तमान सरकार आफ्नोतर्फबाट गर्नुपर्ने सहयोग, समन्वय तथा सहजीकरणका लागि दृढ सङ्कल्पित भएको प्रष्ट पारेका छन् ।

सरकारका प्रतिनिधिमूलक निकायका रुपमा रहेका जिल्ला प्रशासन कार्यालयलगायतका अन्य सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ सरल, चुस्तदुरुस्त, जनमुखी र पारदर्शी बनाउन मुस्कानसहितको सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले संविधान जारी गर्ने र शान्ति प्रक्रियाका बा“की काम सम्पन्न गर्ने कार्य बाँकी नै रहेकाले शान्ति सुरक्षामा आउन सक्ने जोखिम र संवेदनशीलतालाई समेत ध्यानमा राखेर सुदृढ सुरक्षा व्यवस्था मिलाउन सहभागी सबै सुरक्षा अधिकारीलाई निर्देशन दिए ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री गौतमले विकास निर्माण, विपद् व्यवस्थापन, आम नेपाली नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा, आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा कानुनी शासनको अनुभूति दिलाउने कार्यमा प्रमुख जिल्ला अधिकारीले समन्वयकर्ता र नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

गृहसचिव सूर्यप्रसाद सिलवालले गृहप्रशासनको कार्यशैली, व्यवहार र प्रदान गर्ने सेवाबाट नै जनताले सरकारप्रतिको दृष्टिकोण बनाउने हु“दा यस क्षेत्रमा काम गर्ने प्रत्येक अधिकारीले निष्पक्ष भएर आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए ।

गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै मुलुकमा शान्ति सुव्यवस्था कायम गरी आम नेपाली नागरिकलाई सुशासनको अनुभूति दिलाउन निर्भिक भई कानुनबमोजिम व्यावसायिक कुशलताका साथ काम गर्न सम्बन्धित सबैसँग आग्रह गरे ।

मुलुकको विद्यमान शान्ति सुरक्षाको वस्तुस्थितिको विश्लेषण गरी आगामी सुरक्षा रणनीति तर्जुमा गर्न, शान्ति सुरक्षा कायम गर्न तत्काल गर्नुपर्ने कार्यबारे छलफल गर्न तथा गृहप्रशासनमा गरिनुपर्ने सुधारका उपायहरु पहिल्याउन आयोजित उक्त क्षेत्रीय सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, मध्यमाञ्चलका क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालालगायत गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ ।

यसैगरी गोष्ठीमा बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी नौ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागिता रहेको छ ।

सम्मेलनमा जिल्लागत रुपमा प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाको चुनौतीसहितको प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us