छातीमा खुकुरी रोपिँदा बालकको गयो ज्यान

काठमाण्डु टुडे २०७१ साउन ६ गते ६:२७ मा प्रकाशित

खोटाङ, ६ साउन – खुकुरीमा धार लगाउने क्रममा लडेर सोही खुकुरी छातीमा रोपिँदा खोटाङमा एक बालकको ज्यान गएको छ ।

राजापानी–७ का प्रेमबहादुर राईका ११ वर्षीय छोरा प्रदीप राई सोमबार बेलुका पिँडीमा बसेर खुकुरीमा धार लगाउँदै गर्दा चिप्लिएर खुकुरीमाथि लडेर छातीमा घोपिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छातीमा गहिरो चोट लागेका उनको घटनास्थलमै ज्यान गएको स्थानीयवासीको भनाइ छ ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए ।

उनका अनुसार घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीको टोलीसमेत खटाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us