एमाले अध्यक्ष ओली सिंगापुर प्रस्थान

काठमाण्डु टुडे २०७१ साउन ६ गते ५:०६ मा प्रकाशित

kp oliकाठमाण्डु, ६ साउन –नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज सिंगापुर प्रस्थान गरेका छन् 

सिंगापुरको नेसनल युनिभसिर्टी अस्पतालमा संक्रमित दायाँ हातको उपचार गराउन ओली सिंगापुर जान लागेका हुन् ।  दिउसो साढे १ बजेको थाई एयरको विमानबाट सिंगापुर गएकाे ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।
ओलीको हात अहिले पनि सुन्निएको अवस्थामा छ । ओलीले साउन २५ देखि हुने दोस्रो केन्द्रीय कमिटी बैठकमा सहभागि भएर मात्र जाने ईच्छा देखाएपनि हातको संक्रमण बढेपछि परिवारले नै दवाव दिएर उनलाई उपचारका लागि  लगिएको बताइएको छ ।

ओलीका साथमा पत्नी राधिका शाक्य र नातेदार राजेश शाक्य गएका छन् । आठ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका ओली पछिल्लो ६ महिनामा उपचारका लागि तेस्रोपटक विदेश जान लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us