निर्वाचन धाँधलीको छानबिन सुरु

काठमाण्डु टुडे २०७१ साउन ५ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, ५ साउन– निर्वाचन अध्ययन अनुसन्धान सुझाव संसदीय विशेष समितिले गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली सम्बन्धमा छानबिन थालेको छ ।
समितिको सोमबारको बैठकमा धाँधलीसम्बन्धी उजुरीबारे विषयमा छलफल भएको हो । एमाओवादीसहितका दलले निर्वाचनमा धाँधली भएको भन्दै  छानबिन माग गरेपछि अध्ययनका लागि समिति गठन भएको थियो ।

समिति सचिव जीवराज बुढाथोकीले निर्वाचन धाँधी सम्बन्धमा परेका १० वटा उजुरीबारे सदस्यहरुलाई जानकारी गराइएको बताए ।

समितिले आगामी बैठकमा धाँधली सम्बन्धमा निर्वाचन आयोगका अधिकारी, सुरक्षा निकाय,  राजनीतिक दल र पर्यवेक्षक संस्थासँग जानकारी लिने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us