प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ फागुन २४ गते ११:३८ मा प्रकाशित

काठमाण्डु,२४ फागुन– आज (बुधबार) नेपाली बजारमा प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो । सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको महासंघ जनाएको छ । महासंघका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम छ ।

हिजो (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम थियो । यस्तै, आज (बुधबार) चाँदीको मूल्य समेत ह्वात्तै घटेको छ ।

महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us