१५ करोड बराबरको घरघडेरी ट्रस्टलाई

काठमाण्डु टुडे २०७१ साउन ५ गते ९:०३ मा प्रकाशित

चितवन, ५ साउन – समाजसेवी मैयादेवी श्रेष्ठले आफू बस्दै आएको नारायणगढको घरघडेरी ट्रस्टलाई प्रदान गरेकी छिन् ।

नारायणगढको मेन रोडमा रहेको १४ धुर जग्गा र त्यसमा बनेको तीनतले भवन मालपोत कार्यालय चितवनबाट ट्रस्टको नाममा श्रेष्ठले पास गरिदिएकी हुन् ।

ट्रस्टका महासचिव टंकनाथ पौडेलका अनुसार सो घरघडेरीको हालको चल्ती मूल्य १५ करोड बराबर रहेको छ ।

अविवाहित ८७ वर्षीया श्रेष्ठले सामाजिक सङ्घसंस्थालाई करोडौँ रुपैयाँ बराबरको भौतिक सम्पत्ति प्रदान गरिसकेकी छिन् ।

उनी बस्ने गरेको देवघाटको घर जग्गा ओम शान्ति मैयादेवी ट्रस्टलाई यसअघि नै प्रदान गरिसकेकी छिन् ।

त्यसैगरी, काठमाडौँको रविभवनमा रहेको घरजग्गा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिलाई प्रदान गरिएको छ भने नारायणगढको कमलनगरमा रहेको नेपाली काँग्रेस चितवनको कार्यालय भवन भएको जग्गा पनि श्रेष्ठले नै प्रदान गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us