ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक

काठमाण्डु टुडे २०७९ फागुन २१ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, २१ फागुन- ग्लोबल आइएमई बैंक लिमिटेडलेमोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिकगरेको छ ।यो योजना अन्र्तगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानीगर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।

यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाटक्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम”लेखीभुक्तानीगर्दा एक पटकको खरिदको १५ प्रतिशत(रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक आफ्ना ग्राहकहरुलार्इ हर्षोल्लासका साथ–साथै सुरक्षित तरिकाले होलीपर्व मनाउनका लागि समेत गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us