रक्सीले मातेर चिर्पटले हिर्काउँदा मृत्यु

काठमाण्डु टुडे २०७१ साउन ५ गते ७:०३ मा प्रकाशित

नुवाकोट , ५ साउन – जिल्लाको चारघरे गाविसका एक युवकको चिर्पटले हिर्काउँदा ज्यान गएको छ ।

गएराति चारघर गाविस वडा नं ८ कठेरीमा पसल सञ्चालन गरी बसेका ३५ वर्षीय सालिकराम अर्यालको सोही वडाका २३ वर्षीय सागर अधिकारीले चिर्पटले टाउकामा हिर्काउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्यालको पसलमा मदिरा सेवन गरेका सागर र पसल सञ्चालक अर्यालबीच विवाद भएपछि सागरले टाउकामा चिर्पटले हिर्काएका थिए । टाउकामा गम्भीर चोट लागेका अर्यालको त्रिशूली अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिर्पट प्रहार गर्ने सागर अधिकारी भने फरार छन् । अधिकारीको प्रहरी र स्थानीय जनताले खोजी गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us