संयुक्त राष्ट्रसंघका उपमहासचिव काठमाण्डुमा

काठमाण्डु टुडे २०७१ साउन ५ गते ६:०६ मा प्रकाशित

काठमाण्डु, ५ साउन– संयुक्त राष्ट्रसंघीय उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस नेपाल आएका छन् ।

herve ladsos
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख दीपक धिताल, राष्ट्रसंघका कायममुकाय प्रमुख निकोल मिनाज, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई, नेपाली सेनाका वरिष्ठ अधिकारी तथा परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत पुरुषोत्तम ढुङ्गानालगायतले स्वागत गरे ।

नेपाल बसाइका क्रममा उपमहासचिव लाड्सौसले राष्ट्रपति रामवरण यादव, कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग आजै बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता’ विषयक छलफल कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपमहासचिव लाड्सौसले सम्बोधन गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us