सिरहा, ५ साउन– मदिरा सेवन गरी झगडा गरेकालाई सम्झाउन पुगेका पत्रकार दिलीप सिंहलगायत पाँचजनामाथि आक्रमण भएको छ ।
आक्रमणमा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिंहसहित उमेश महतो, रामऔतार महतो, विद्यानन्द सिंह र हीरालाल महतो छन् । उनीहरूमाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
सिंह नयाँ पत्रिका दैनिकका सिरहा संवाददाता हुन । उनको टाउको र पिठयूँमा खुकुरी प्रहार भएको छ । अवस्था गम्भीर रहेकाले राति नै उपचारका लागि विराटनगर पठाइएको प्रहरी निरीक्षक निरौलाले बताए ।
भाइ विद्यानन्द सिंहलाई लहान नगरपालिका–१ स्थित स्थानीय मुसहर समुदायका युवाले कुटपिट गर्दैगर्दा सम्झाउन गएका बेला आक्रमण भएको हो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पवन सदाय, शिव सदाय, धर्म सदाय, इन्द्रजित सदाय र लक्ष्मण सदायलाई नियन्त्रणमा लिएको छ ।