
एजेन्सी– अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतारमा भएको विश्वकप फुटबल २०२२ को उपाधि जित्दा रहेका टिमका सहकर्मीहरुलाई गोल्डेन आइफोन उपहार दिएका छन ।
मेस्सीले टिमका सहकर्मी र स्टाफहरुलाई गरी ३० जनालाई आइफोन उपहार दिएको ‘दी सन’ ले जानकारी दिएको छ । मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकपको उपाधि जित्न सफल भएको थियो ।
उक्त खेलमा मेस्सी उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसैको सम्झना स्वरुप सबै टिमका खेलाडी र स्टाफलाई उनले आइफोन बाडेका हुन् । मेस्सीले दिएको आइफोनमा जनु खेलाडीलाई दिएको उनको नाम र नम्बर सहित अर्जेन्टिनाको लोगो पनि रहेको छ ।