
काठमाण्डु, ११ फागुन- साताको अन्तीम काररोवारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७.७४ अंकको गिरावट आएको छ ।
आज लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा तीब्र गिरावट आएको छ । बुधबार मात्र केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुको नाफामा संकुचन ल्याउने गरी ब्याजदर र लाभांश वितरणमा अंकुश लगाउँदै निर्देशनमा संशोधन गरेसँगै आज लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको हो।
लघुवित्तमा मात्र ९।५४ अंकको गिरावट आएको छ । आज ३९ वटा कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लेवलमा कारोबार भयो । जस्मा लघुवित्तमा मात्र रहेका छन।
नेपाल स्टक एक्सचेञ्ज अनुसार आज ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको छ । यस्तै आज बजारमा कुल २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।
घट्दो बजारमा पनि नेपाल हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले बढ्यो । सामलिङ पावर कम्पनी ४.७७ प्रतिशतले बढेको छ । यस्तै आज छिमेक लघुवित्तको सबैभन्दा धेरै कारोबार भयो ।