
काठमाण्डु, २६ माघ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक १२.४३ अंकले बढेको होयस दिन नेप्से ०.५७ प्रतिशतले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ।तरबिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
आज २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँको कारोबार भयको छ।यो अघीलो दिनको तुलनामा अत्यातै कम हो। नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।
बाह्य क्षेत्रमा सुधार भएसँगै शिथिल भएको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले केही नीतिहरु खुकुलो बनाउन सक्ने अपेक्षामा लगानीकर्ता देखिएका छन् । जस्का कारण आज शेयर बढेका हो ।
बिहीबार २५७ वटा धितोपत्रको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच भएको हो।बिहीबार बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको छ। आज विजय लघुवित्तको सेयर मूल्य ५.९२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९६६ रुपैयाँ पुगेको छ।
यस्तै, यस दिन सर्वाधिक मूल्य घट्नेमा नबिल ब्यालेन्सड् फण्ड–३ रहेको छ। उक्त योजनाको इकाइ मूल्य ५।७५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ५४ पैसामा झरेको छ।यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य ४.१६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८३० रुपैयाँ कायम भएको छ।
यस दिन अपि पावरको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ३०२ रुपैयाँमा ५ करोड ८६ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा १.६५ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ।
उक्त कम्पनीको ६९३ रुपैयाँमा ५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.१६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत समूहको परिसूचक १.०१ प्रतिशतले बढेको हो। बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो ।