जनयुद्ध दिवसका दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने

काठमाण्डु टुडे २०७९ माघ २४ गते १६:०९ मा प्रकाशित

काठमाण्डु,२४ माघ– कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ ।

आज बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले १ फागुन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्रले फागुन १ गतेदेखि नै दीर्घकालीन जनयुद्धमा जाने घोषणा गरेको थियो ।

सोही पार्टी २०६२÷०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us