झापाका किसानले गरे राजमार्गमा अण्डा र कुखुरा फयाँकेर विरोध

काठमाण्डु टुडे २०७९ माघ २४ गते १५:१३ मा प्रकाशित

काठमाण्डु,२४ माघ– झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध गरेका छन । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसान भरत चम्लागाईंले जानकारी दिएका छन ।

कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु किसान हरुले बताएका छन ।

सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको छ, यो स्थिति हटाउट सरकारले पहल गर्नुपर्ने किसानहरुले बताएका छन ।

किसान सडकमा लिएर आएका अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए । ‘कुखुरा पाल्ने स्थिति नै छैन । के पाल्नु भनेर त्यहीँ छाडेर आयौं’, भरत चम्लागाईंले भने ।

बढ्दो ब्याज, महँगीका कारणले देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी किसानहरुले यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us