नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन: लामिछाने

काठमाण्डु टुडे २०७९ माघ २२ गते १७:०० मा प्रकाशित

काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी ९पासपोर्ट० लिएको स्वीकार गरेका छन् ।

तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताएका छन । उनले आज आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताएका छन । उनले भने, ‘ नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिन थालें ।

त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिनँ, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप बुझाएपछि मात्र त्यसबाट ट्राभल गरें ।’

१२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिंड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताएका छन । तर स्थायी रुपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजातहरु बनाउन थालेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us