चितवन–२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग पुगे

काठमाण्डु टुडे २०७९ माघ २२ गते १३:३१ मा प्रकाशित

काठमाण्डु,२२ माघ– कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठ चितवन–२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।

४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत प्रप्त गरेर दोस्रो स्थानमा रहेका थिए ।

१३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो । रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठले बताउका छन ।

आइतबार आयोग गरेका उनको जिकिर छ, उहाँको निवेदन प्रक्रिया नै रद्द भएपछि म हुँ । मेरो दाबी हुनुपर्‍यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us