
काठमाण्डु,२२ माघ– कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालका पहिलो गभर्नर हिमालयशम्शेर जबराको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन ।
आज (आइतबार) बिहान देउवा जबरालाई श्रद्धाञ्जली व्यक्त गर्न देउवा उनको निवास थापाथली गएका थिए । काठमाण्डुस्थित नर्भिक अस्पतालमा उपचाररत जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान साढे ६ बजे निधन भएको हो ।
उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । देउवासँगै कांग्रेस महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, सुनिल थापा, उदयशम्शेर राणा जबरालाई श्रद्धाञ्जली दिन थापाथली पुगेका थिए ।
उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् ।