
ललितपुर, २१ माघ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको बताएका छन् ।
शनिबार ललितपुरको बालकुमारीमा सुरु पार्टीको पाचौं केन्द्रीय समिति बैठकमा नेता नेपालले सत्ता गठबन्धन राष्ट्रपति निर्वाचन अगावै भत्किने खतरा औंल्याए । मुलुकको रानजीतिक अवस्था अत्यन्तै तरल रहेको भन्दै उनले यस्तो अवस्था कहिललेसम्म रहला भन्नेबारे अनुमान लगाउन नसकिने टिप्पणी गरे ।
‘मुलुकको राजनीति अत्यन्तै तरल अवस्थामा छ’, नेपालले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन ।’ नेता नेपालले संविधानविरोधी, राजतन्त्रवादी र हिन्दूवादको वकालत गर्नेहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दीमा पारेको टिप्पणी गरे ।
‘संविधानको पालना नगर्ने, राजतन्त्रको वकालत गर्ने, हिन्दुराष्ट्रको वकालत गर्नेहरूले प्रधानमन्त्रीलाई घेरेका छन्’, उनले भने, ‘कुन दिन प्रधानन्त्रीबाट हटाउने हुन् थाहा छैन ।’