धनगढीमा लागुऔषधसहित दुईजना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ १३ गते १५:३० मा प्रकाशित

काठमाण्डु, १३ माघ- धनगढीबाट लागुऔषधसहित प्रहरीले दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाग्राकटानबाट उपमहानगरपालिका९५ बस्ने १८ वर्षीय विरेन्द्र कुमाल र १७ वर्षीया करिना राना रहेका छन् । उनीहरुलाई दुई ग्राम ५७० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बतायको छ। ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us