
काठमाण्डु,५ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकार पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने सभामुखको आवाशयक रहेको बताएका छन ।
बिहीबार प्रतिनिधिसभामा सभामुखका उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेलाई समर्थन गर्दै उनले यस्तो बताएका हुन । उनले सभामुखले प्रतिपक्षको कुरा पनि सुन्नुपर्ने बताएका छन ।
उनले भने,‘सभामुखहरुमा आफूलाई चयन गरेको, सरकारको पक्ष छ भने मौन भएर बस्ने प्रतिपक्षले जस्तो राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गनेै प्रवृत्ति देखिएको छ’ ‘अब बन्ने सभामुखबाट हामीले त्यस्तो अपेक्षा गर्दैनौं, र सभामुखले सबैको कुरा सुन्नुहुनेछ ।’
उनले संसदमा नागरिकको पीरमर्काका विषय उठाउनुपर्ने, हाल प्रचलनमा रहेका कतिपय कानुन संशोधन गर्नुपर्ने बताए । सांसद शाहीले भने, ‘अब आउने संसदमा हामीले अगाडि जस्ता काण्ड भोग्न नपरोस् ।’