
काठमाण्डू, २३ जेठ– आज (शुक्रबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी आईतबार सम्मको लागि सरेको छ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
आज दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिएका छन ।
यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । जेठ १४, २०, २१ र २३ सूचना टाँसेर सारिएको हो ।