
काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व मन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच छलफल जारी छ ।
संघीय संसद् भवनमा उनीहरूबीच केहीबेर अघिबाट छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ । संसद्मा जारी अवरोध हटाउने विषयमा छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।
खड्कासँगको छलफलअघि प्रचण्ड विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।